बारा प्रहरीद्रारा अबैध प्याज र मोबाईलको डिस्पलेसहित ट्रक नियन्त्रण

संदिप प्रसाद यादव
307 पाठक संख्या

कलैया,२२ साउन । बारा प्रहरीले अबैध प्याज र मोबाईलको डिस्पलेसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा गाडीहरूलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध प्याज र मोबाईलको डिस्पलेसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

सो ट्रकमा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. १२ लाख ३३ हजार ५ सय रूपैया बराबरको सामानहरु रहेको प्रहरीले जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थितमा वीरगंजबाट नारायणगढतर्फ जादै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसमा लोड रहेको बिभिन्न किसिमका मोबाईलको डिस्पले ४ सय ८९ पिस बरामद गरेको छ ।

सो बिभिन्न किसिमका मोबाईलको डिस्पले अन्दाजी मुल्य रू.७ लाख ३३ हजार ५ सय रूपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा रौतहटबाट कास्की तर्फ जादै गरेको प्र.२–०३–००१ ख ०९५६ नम्बरको ट्रकमा लोड रहेको अन्दाजी मुल्य रू.५ लाख रूपैया बराबरको एक ट्रक प्याज १ हजार किलो बरामद गरेको छ ।

उक्त अवैध समानहरु सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको उक्त अवैध समानहरु सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds