नेकपा एमालेका नेता रामनाथ पटेलकी ममतामयी माता फुलमति देवी पटेल कुर्मिनको श्रद्धाञ्जली सभा बुधबार सम्पन्न भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ इनर्वासिराको मथुरापुरमा सो सभा सम्पन्न भएको हो ।
एमाले मधेस प्रदेश कमिटीका सचिब मनोज पौडेलको प्रमुख आतिथ्यतामा सो श्रद्धाञ्जलि सभा सम्पन्न भएको हो ।
मानिस जन्मे पछि मृत्यु साश्वत रहेको प्रमुख अतिथि पौडेलले भने ।स्वर्गीय फुलमती देवीको योगदानको उनले चर्चा गरे । उनले देखाएको बाटोमा अघि बढ्ने प्रण समेत उनले गरे ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य देवनारायण चौधरी,प्रदेश कमिटी सदस्य तथा पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा,पूर्व नगर अध्यक्ष कृष्ण खनाल, एमालेका नगर उपसचिवहरु झपेन्द्र बराल,अलोपिया चौधरी,रबिन्द्र खकुरेल,मुस्लिम अन्सारी,परिवारका सदस्य विश्वनाथ पटेल लगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
एमालेकी सेल्टर दाता फुलमती देबिको ९७ बर्षको उमेरमा निधन भएको थियो ।
एमाले वडा नम्बर १९ का अध्यक्ष सुदन दास तत्माको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीकरण रमेश चौधरीले गरे । स्वागत कमल चौधरीको रहेको थियो ।

