पुर्वमन्त्री मोहमद अफताब आलमसहित चार जनालाई जन्मकैद

साझेदारी दैनिक
साझेदारी दैनिक 71 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जिल्ला अदालत रौतहटले कांग्रेस नेता एवम् पुर्वमन्त्री मोहमद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जिल्ला अदालतले फैसला सजाय सुनाएको हो ।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले पुर्वमन्त्री आलम,उनका भाइ महताब आलम,शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैद(२०बर्ष)को सजायको फैसला सुनाएको हो ।

घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज,शेख फजलेहक,शेख भदई,मोहम्मद महताब आलम,सगिर आलम,बद्री सहनी,गौरीशंकर साह,मुक्ति साह,मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो । मुद्दा चलाएका मध्ये मा ६ जना पक्राउ परेका थिए ।

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले २०७६ साल कात्तिक २९ गते नेता आलमसहित पक्राउ परेका व्यक्तिहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशपछि १९ असोज २०७६ मा प्रहरीले रौतहट क्षेत्र नम्बर २ का तत्कालिन सांसदसमेत रहेका पुर्वमन्त्री आलमलाई पक्राउ गरेको थियो ।

उनी र उनका भाई महताब सहितविरुद्ध घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप थियो ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरि विगत तीन बर्षदेखी बहस हुदै आएको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review