उनीहरु सपाङ्ग जस्तै काम गर्न सक्दैनन् । उनीहरु काम गरेर खान चाहन्छन् । अरुको दया मायामा वस्न चाहदैनन् ।
यस्ता फरक शारिरिक क्षमता भएका आम चलन चल्तिको भाषामा बोलिने अपाङ्गहरु आन्दोलित भएका छन् ।
भारत विहार राज्यको आदापुरबाट सामानहरु शनिबार खरीद गरि ल्याउदै गर्दा सो सामान खोसिएपछि उनीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा तथा जिल्ला प्रशासन कार्यालय बारा अगाडी आइतबार उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
सामान फिर्ता गर नत्र भने हाम्रो जीविकाको व्यवस्था गर भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । मटिअर्वा नजिकै रहेको गण्डक नहरबाट बारा प्रहरीले सामान नियन्त्रणमा लिएको कारण उनीहरु आन्दोलित हुन पुगेका हुन् ।
सपाङ्ग झै काम गर्न अप्ठेरो रहेका उनीहरुलाई कामको अभावमा जीवनयापन गर्न गाह्रो छ । ऋण लिएर भारतबाट कुरकुरे,विस्कुट जस्ता सामानहरु ल्याएर कलैया बजारमा विक्री गरि उनीहरुले जीवनयापन गर्दै आएका हुन् ।
देवताल गाउँपालिका २ दक्षिण झिटकैयाका आस महम्मद
अरुसँग सापटी ३० हजार रुपैयाँ लिएर सरसमान किनेर ल्याइरहेका थिए ।
सोही क्रममा मटिअर्वा स्थित गण्डक नहरनिर जिल्ला प्रहरी कार्यालय कलैयाबाट प्रहरी निरिक्षक निर्मला कठायतको नेतृत्वमा गएको टोलीले उनको सामान खोस्यो ।
उनी यसले गर्दा उनलाई ठूलो पीडा भएको छ । प्रहरी निरिक्षक कठायतलाई उनले हार गुहार गरे । उनले सो सामान फिर्ता दिइनन् । एकातिर उनीहरुको ब्यापार डुबेको पीडा छ ।
अर्को तर्फ लिएको ऋण तिर्न समेत समस्या रहेको छ । अब कहाँबाट ल्याएर म साहुको ऋण तिरौला र घरपरिवार चलाउला भन्ने पिरले पिरोलिएर बाध्य भएर आन्दोलित हुनु परेको महम्मद जस्तै अन्यको भनाइ रहेको छ ।
साइकल मोटरसाइकल ट्रेक्टर लगायतका सवारी साधनमा तस्करी हुने गरेको छ। तस्करहरुले खुलेआम सामानहरु ल्याइरहेका छन् । तस्करहरुले प्रहरीलाई महिनावारी दिने गरेको कारण उनीहरुको मालसमान छुदा पनि नछुने गरेको पाइएको छ ।
उनीहरु निर्वाध रुपमा तस्करी गरिरहेका छन् । अपाङ्गहरुलाई प्रहरीले दिनहुँ दुःख दिने गरेको समान खोस्ने गरेको र पैसा समेत माग्ने गरेको आरोप समेत उनीहरुको छ ।
चार हजार बराबरको कुरकुरे,विस्कुट,चकलेट लगायतका सामानहरु लिएर आउने क्रममा समेत प्रहरीले अपाङ्गहरुको सामान खोस्ने गर्छ ।
दर्जन भन्दा बढीको संख्यामा आएका अपाङ्गहरुको टोलीले जिल्ला प्रहरी कार्यालय अगाडी आन्दोलन गरिरहेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएको सामान फिर्ता गर्न माग उनीहरुको हो । सामान फिर्ता नगरे आफु र आफ्नो बालबच्चाहरुको जिउने आधारको व्यवस्था गर्न उनीहरुको माग छ ।
मालसमानहरु बरामद गरिएको र नियन्त्रणमा लिइएको मालसामानहरु भन्सार चलान गर्ने प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

