तीन थान सालको काठ बरामद

साझेदारी दैनिक
380 पाठक संख्या

तीन थान सालको गोलिया काठ प्रहरीले पर्साबाट बरामद गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिका वडा नंं.१ सथवल स्थित चौरमा सालको काठ लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले सो काठ बरामद गरेको हो ।

अस्थायी प्रहरी पोष्ट मनवाबाट खटेको प्रहरीले काठ बरामद गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।

प्रहरी र सब डिभिजन वन कार्यालयको गस्ती टोलीले सालको काठ ३ थान अं ६ फिट लम्बाई र ५ फिट चौडा भएको  फेला पारी नियन्त्रणमा लिएको हो ।

आवश्यक कानुनी प्रकृया पुरा गर्न सो काठ कारवाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहार बुझाएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a review