Sajhedari Daily
Latest News from Nepal

जीतपुरसिमरामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि,उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ५७ पुग्यो

Top Aside Banner

रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ४ जना महिला र १९ जना पुरुष रहेको कोरोना बिशेष अस्थाई अस्पतालका डा.दिपक गिरीले जानकारी दिनुभयो ।

संक्रमितहरुमा वडा नं.१ पथलैयाका ६ जना,सशस्त्र प्रहरी कार्यालय पथलैयाका ४ जना,वडा नं.७ जीतपुरका १० जना ,कलैयाका १ जना ,चन्द्रपुर रौतहटका १ जना र कोल्हबीका एक जना रहेका छन् । भद्रौ सात गते १ सय ६६ जनाको स्बाब संकलन गरी काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशाला पठाईएको थियो ।

जसमध्ये अहिलेसम्म ७३ जनाको रिपोर्ट आएको छ जसमा ५० जनाकोे नेगेटिभ र २३ जनाको पोजेटिभ रहेको डा.गिरीले बताउँनुभयो । यो सँगै जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना संक्रमितको सङख्या १ सय ५७ जना पुगेको छ ।