बाराको सिमरामा पनि खुल्यो एजुकेशन कन्सलटेन्सी

रञ्जन यादव
566 पाठक संख्या

शिक्षा क्षेत्रमा क्रियाशिल युवाहरूले बाराको सिमरामा भि.एक्स.एल.माईग्रेसन एण्ड एजुकेशन कन्सलटेन्सीको शाखा खोलेका छन् ।

अस्ट्रेलिया,युके,क्यानडा,आएरल्यान्ड,न्युजिल्यान्ड,फिलिपिन्स लगायतका मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी भि.एक्स.कन्सलटेन्सीको सुरुवात गरिएको एजुकेशन कन्सलटेन्सीका बिजनेस डेभल्प मेनेजर एम.डि.न्यौपानेले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरउपप्रमुख भोला प्रसाद अधिकारीले कन्सलटेन्सीको उद्घाटन गर्नुभएको थियो ।

सिमरा शाखाका सञ्चालक उत्सव नरालको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा नगरउद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,भि.एक्स.एल.माईग्रेसन एण्ड एजुकेशन कन्सलटेन्सीका कन्ट्री म्यानेजर राजेन्द्र लेखक,नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिबारी लगायतको सहभागिता रहेको थियो ।

Leave a review