वीरगञ्जका मेयर र उपमेयर समर्थकबीचको कुटाकुट विवाद साम्य हुदै

राम मण्डल
408 पाठक संख्या

वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरका समर्थकबीच कुटाकुट विवाद केही समयको लागि साम्य भएको छ ।

बिगत तीनदिन देखि लागातार रुपमा तनावग्रस्त बनेको महानगरको अवस्था अहिले केही सामान्य बनेको हो ।

कोठाको विषयलाई लिएर मेयर र उपमेयरका समर्थकहरुले महानगरमै कुटाकुट गरेकाथिए । त्यसपछि तीन दिनदेखि महानगरमा ब्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो ।सो क्रममा महानगरको कामकाज समेत प्रभावित भएको थियो ।

महानगरका मेयर र उपमेयरले एक अर्कालाई कोठाकै बिषयलाई लिएर आरोप प्रत्यारोप गरेका थिए । बोर्ड बैठकपछि अहिलेको लागि महानगरपालिकाको अवस्था बिहीबार देखि सामान्य बनेको छ । कोठाको लागि समर्थकहरु मँगलबार कुटाकुट गरेपछि आरोप प्रत्यारोपमा मेयर उपमेयर उत्रिएका थिए ।

वीरगञ्ज महानगरपालिकामा ब्यापक रुपमा प्रहरी नै परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको थियो। विवाद झनै बढने देखिएपछि वीरगञ्ज महानगरपालिकाले बिहीबार बोर्ड बैठक बोलाएर छलफल गरेको थियो ।खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको कोठामा पञ्जिकरण शाखा राख्ने कि उपमेयरको सचिवालय राख्ने बिषयमा महानगरमा मेयर र उपमेयरका समर्थकहरु भिडेका थिए ।

बोर्ड बैठकबाट तीन दिनको समय विवाद समाधान गर्नको लागि दिइएको बैठकमा सहभागी वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगतसाह कानुले साझेदारी दैनिकलाई जानकारी दिए ।मेयर उपमेयर बीचमा पनि कोठाको बिषयलाई लिएर बिबाद बढने देखिएपछि महानगरपालिकाको कामकाज तीन दिनसम्म प्रभावित भएको हो ।

महानगरका कर्मचारीहरु पनि कोठाको बिषयमा भएको विवादमा आन्दोलित भएका थिए । पञ्जिकरण शाखा सञ्चालनको लागि बोर्ड बैठकले बिबाद सल्टाउने जिम्मा सुशासन समितिलाई दिएको वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले बताए ।

तीन दिन सम्म तनाव ग्रस्त अवस्थामा रहेको वीरगञ्ज महानगरपालिका कार्यालयको अवस्था सामान्य बनाउनको लागि मेयर र उपमेयर समेत सहभागी भएका थिए । बोर्ड बैठकले आईतबार सम्म पञ्जिकरण शाखा कहाँ राख्ने भन्ने बिषयमा तथा विवादको बारेमा आफनो सुझाव पेश गर्ने वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्बेदीले बताए ।

महानगरपालिकामा खाली भएको प्रमुख प्रशासकीय अधिकृतको कोठामा पञ्जिकरण शाखा राख्ने भनि मेयर राजेशमान सिंहले मंगलबार निर्णय गरेका थिए ।

उक्त निर्णय एकलौटी भएको उपमेयर ईम्तियाज आलमले बताएका थिए । सोही क्रममा कोठाकै बिषयलाई लिएर मेयर र उपमेयरका समर्थकहरु एकआपसमा विवाद गरी कुटाकुटमै उत्रिएका थिए ।

Leave a review

This will close in 0 seconds