चौध लाख बराबरको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा

साझेदारी दैनिक
311 पाठक संख्या

बारा प्रहरीले शुक्रबार राति १४ लाख सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमाप्रहरी चौकी पथलैया,बाराबाट खटिएको प्रहरी टोलीले ट्रकलाई नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट काठमाण्डौ जादै गरेको ना ८ ख ७५३५ न.को ट्रकलाई रोकी जाँच गर्दा विभिन्न खुद्रा समानहरू रहेको र समानको स्रोत खुलाउन नसक्ने अंन्दाजी १४ लाख४ हजार८ सय६६ रूपैयाँ बराबरको खुद्रा समानहरू सहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।

आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review