ब्रहम कुमारी सेवा केन्द्र कलैयाको नवनिर्मित भवनमा गृह प्रवेश

संदिप प्रसाद यादव
278 पाठक संख्या

ब्रहम कुमारी राजयोग सेवा केन्द्र कलैयाले नव निर्मित भवनमा गृह प्रवेश गरेको छ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको ब्रहम कुमारी राजयोग सेवा केन्द्र कलैयाले शनिबार एक कार्यक्रम आयोजना गरि नवनिर्मित भवनमा गृह प्रवेश गरेको हो ।

नवनिर्मित भवनको बारा क्षेत्र नम्बर ३ का पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादवले झण्डा तोलन गरि उद्घाटन गराए पश्चात गृहमा प्रवेशको कार्यक्रम गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेको बारा क्षेत्र नम्बर ३ का पुर्व प्रतिनिधि सभा सदस्य यादवले सरकार वा हामीले धेरै संस्थामा लगानी गरेको कामको अनुगमन गर्दा अलि मन दुखित हुन्छ तर ब्रहम कुमारी संस्थामा लगाएको लगानी सदुपयोग र नमुना भएको बताएका छन ।

उनले ल्लिामा रहेका सबै बिधालयका बालबालिकाहरुलाई फ्रेस वातावरणमा माईण्ड फ्रेस गर्ने कार्यक्रम संचालन गर्नलाई उनेले आग्रह गरे । ब्रहम कुमारीलाई थप आउने दिनमा पनि सहयोग गर्ने उनले बताए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाकी प्रमुख मिना दिदिको अध्यक्षतामा भएको सो कार्यक्रममा बारा क्षेत्र ४ क का प्रदेश सभा सदस्य जितेन्द्र सोनल,३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह र बह्रमाकुमारी शान्ति प्रतिष्ठान पिलुवाका गुणराज भाई जि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नव निर्मित भवन ३ तलाको योजना रहेको र ५ सय जनालाई एउटै सभाबाट प्रशिक्षण दिने उनले बताइन् ।

यस्तै उक्त कार्यक्रममा गोपाल सेवा समितिका अध्यक्ष एवम् समाजसेवी जंग बहादुर यादव,पुर्व राज्यमन्त्री उषा यादव,नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव,तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,हेटौंडा ब्रहमराजका वरिष्ठ मोटिभेसनल स्पिकर विजय राज सिग्देल,बहन,भाइ जि,समाजसेवी,सञ्चारकर्मी र स्थानीयबासीहरु लगायतको उपस्तिथि रहेको थियोे ।

सो कार्यक्रमको संचालन राजयोग सेवा केन्द्रकी सुषमा बहनले गरेकी थिइन् ।

Leave a review