रजिष्टार चढने गाडीले भत्कायो मधेस विश्व विद्यालयको पर्खाल

राम मण्डल
292 पाठक संख्या

मधेस विश्व विद्यालयको स्कारपियो गाडीले आइतबार राति विद्यालयको पर्खाल भत्काएको ।

विश्व विद्यालयका रजिष्टार विजय यादवले चढने मधेस प्रदेश–०२–००१ झ – ००२३ नम्बरको सरकारी स्कार्पियो गाडीले विद्यालयको पश्चिमतर्फको पर्खाल भत्काएको हो ।

विद्यालयमा नै पार्किङ गरी राखिएको सो गाडीमा विद्यालयका सुरक्षा गार्डले सिक्नलाई चलाएका थिए ।उक्त गाडी सिक्ने क्रममा गाडी दुर्घटनामा परेको थियो ।

विश्व विद्यालय परिसर भित्र सिक्ने क्रममा गाडी अनियन्त्रित भई पर्खालमा ठोक्किएको हो । विश्व विद्यालयमा भएको दुर्घटनामा कोही घाईते नभएपनि विद्यालयको पर्खालमा क्षति पुगेको छ ।

गार्ड भने फरार भएका छन ।मानवीय क्षति नभएपनि स्थानीयबासीहरुले घटनाको विरोध गरिरहेका छन् ।

विश्व विद्यालय जस्तो संस्थामा भईरहेको लापारवाहीले दुर्घटना भएको स्थानीयबासीको भनाई छ ।

Leave a review