मधुवनमा १७ गतेदेखी फुटबल प्रतियोगिता हुने

संदिप प्रसाद यादव
735 पाठक संख्या

बाराको करैयामाई गाउँपालिकाको वडा नम्बर १ मधुवनमा अग्रेजी नयाँबर्षको अवसरमा फुटबल प्रतियोगिता हुने भएको छ ।

स्थानीय युनिक स्टार युवा क्लबको आयोजनामा यही पुस १७ गतेदेखी फुटबल टुर्नाम्याच प्रतियोगिता हुने जनाईएको छ ।

सो युनिक स्टार युवा क्लबको आयोजनामा हुने टुर्नामयच फुटबल प्रतियोगितामा २३ वटा टिमहरुको सहभागिता रहेको आयोजक क्लब आशिष चौधरीले बताएका छन् ।

प्रतियोगिता अन्तरगतको उद्घाटनको दिन एक मात्र खेल हुने र बाकी हरेक दिन दुई वटा खेल हुने क्लबका अध्यक्ष सुनिल उर्फ ठिक्कदार चौधरीले जानकारी दिएका छन।

खेल फिफाको नियम अनुसार खेलाइने,खेल मैदान भित्र प्रवेश गर्दा बुट र जर्सी अनिवार्य रुपमा हुनुपर्ने,खेल अवधिभरिमा ४ वटा खेलाडी मात्र परिवर्तन गर्न पाइने,कुनै कारण बस खेलमा वादविवाद तथा झै झगडा भएमा आयोजक समितिको निर्णय नै अन्तिम निर्णय हुने,तोकिएको समय भित्र नै टिमहरु खेल मैदानमा आइपुग्नु पर्ने र रातो कार्ड खाएमा रु २ सय जरिवाना र पहेलो कार्ड खाएमा रु १ सय जरिवाना लाग्ने लगायतका फुटबल प्रतियोगिताको नियमहरु रहेको आयोजक क्लबले जनाएको छ ।

प्रतियोगितामा बिजेता टिमलाई प्रथम पुरस्कार नगद रु २५ हजार,प्रथम सिल मेडल र उपविजेतालाई नगद रु १५ हजार रुपैयाँ,दोस्रो सिल मेडल र बेसट कप सिल वितरण गरिने क्लबका अध्यक्ष चौधरीले बताएका छन ।

Leave a review

This will close in 0 seconds