योङ्ग स्टार युनाईटेड क्लब निजगढ बिजयी

राजेश कुशवाहा
363 पाठक संख्या

कलैया : नगर खेलकुद विकास समितिको आयोजनामा कलैया उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर २१ भोडहामा सञ्चालित तेस्रो कलैया उपमहानगरपालिका फुटबल प्रतियोगिता अन्र्तगत मंगलबार भएको खेलमा योङ्ग स्टार युनाईटेड क्लब निजगढ १० बिजयी भएको छ।

निजगढले सनराईजिङ्ग क्लब उमजनलाई टाईबेकरमा एकको बिरुद्ध दुई गोलले पराजित गरेको हो। निर्धारित समयमा दुबै टिम बीचको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेललाई टाईबेकरमा लगिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत निजगढका जर्सी नम्बर २ का खेलाडी प्रकाश लो मैन अफ दि मैच घोषित भए ।

उनलाई कलैया उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष शिवचन्द्र कामीले नगद रु एक हजार रुपैयाँ तथा ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमीफाईनलमा समाज बिकास युवा क्लब भोडहा र कलैया फुटबल क्लब कलैया बिच प्रतिस्पर्धा हुने टुर्नामेन्ट सयोजक क्यामसदिन मंसुरले जानकारी दिए।

Leave a review