लाखौंका भन्सार छलीका समानसहित ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
905 पाठक संख्या

बारा प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट १४ लाख मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले १४ लाख ८ हजार रूपैया बराबरको अबैध भन्सार छलीका समानहरूसहित ट्रयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले निजगढ नगरपालिका वडा नं. ९ शहिद चोकमा उक बस जाँच गरेको हो ।

उसले प्र ०३–००१ ख २७९२ नं. को यात्रुबाहक बस जाँच गर्दा बिल भरपाई नभएको लहङ्गाको कपडा १थान,सर्र्टको कपडा ८ थान र कुर्ताको कपडा ३ थान गरी अन्दाजी मुल्य रू.५० हजार रुपैया बराबरको कपÞडा बरामद गरेको छ ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलिले कलैया उप–महानगरपालिका वडा नं.१० मटिअर्वाबाट भन्सार छलीका प्याज १०० किलो अन्दाजी मुल्य रू. ८ हजार रुपैया बराबरको सामान बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका वडा नं. ९ कचोर्वाबाट भन्सार छलीका चिनी ४ बोरा अन्दाजी २०० किलो मुल्य रू. १६ हजार बराबरको सामान नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले बिश्रामपुर गाँउपालिका वडा नं. ३ मुसहर्वाबाट ना.४ त १९०६ नम्बरको ट्याक्टरमा विल भरपाई नभएको ३ सय बोरा मकै लोड अन्दाजी मुल्य रू. ८ लाख २२ हजार रुपैया बराबरको मकै नियन्त्रणमा लिएको छ । त्यस्तै ट्याकटर ट्रलीको अन्दाजी मुल्य रू. ५ लाख रहेको छ ।

अस्थाई प्रहरी पोष्ट बेनौलीबाट खटिएको प्रहरी टोलिले देवताल गाँउपालिका वडा नं.६ बेनौलीबाट भन्सार छलीका मोबिल २० लिटर काठमा लगाउने रंग ६ लिटर गरी अन्दाजी मूल्य १२ हजार रुपैया बराबरको सामान नियन्त्रणमा लिएको छ ।

बरामद भएको समानहरु सहित यात्रुबाहक बस र ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review