Sajhedari Daily
Latest News from Nepal

अवैध केराउ सहित ट्रयाक्टर बरामद

बारामा प्रहरीले गएराती अवैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा एक ट्रयाक्टर केराउ बरामद गरेको छ । प्रहरीले फेंटा गाउँपालिकाको रजवटिया टोल नजिकैबाट ना ६ त ४८१८ नम्बरको ट्रयाक्टरमा लैजादै गरेको साढे १३ क्वीन्टल केराउ बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय गण्डक प्रसौनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटेको प्रहरी टोलीले ४४ वटा बोरामा लोड गरेर भारततर्फ लैजादै गरेको अवस्थामा ट्रयाक्टर सहित केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसैगरी प्रहरीले आज बिहान बिश्रामपुर गाउँपालिकाको मुशहर्वाबाट एउटा भारतीय नम्बरको मोटरसाइकल सहित एक क्वीन्टल १५ किलो केराउ बरामद गरेको छ । भारततर्फ लैजाने क्रममा दशगजा क्षेत्रबाट बीआर २२५ एम ३३६७ नम्बरको मोटरसाइकल सहित केराउ बरामद गरिएको बारा प्रहरीका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।

बरामद गरिएको गाडी र केराउ आवश्यक कार्बाहीको लागी वीरगन्ज भन्सार कार्यालय पठाईने प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी गराउनु भयो ।

Comments are closed.