राष्ट्रिय सभामा मधेस प्रदेशबाट गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

साझेदारी दैनिक
687 पाठक संख्या

मधेस प्रदेशमा सत्ता गठबन्धनका आनन्द ढुंगाना र पूजा चौधरी राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन ।

बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पन्न मतगणनाको प्राप्त परिणा अनुसार गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी निर्वाचित भएका हुन् ।

निर्वाचत ढुङ्गाना अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार हुन भने चौधरी महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार हुन ।

निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार निर्वाचित ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुख÷उपप्रमुखले मतदान गरेका छन् भने चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुख÷उपप्रमुखले मतदान गरेका हुन ।

यसैगरी निर्वाचनमा एकल उम्मेदवारी दिएको नेकपा (एमाले) बाट खुलातर्फका उम्मेदवार कुमारी विजेता झाले प्रदेशसभाबाट २५ र पालिकाबाट ६१ गरी दुई हजार चार सय ४ मत प्राप्त गरेकी छिन ।

उस्तै महिला समूहतर्फ एमालेकी उम्मेदवार उषादेवी थरुनीले प्रदेशसभाबाट २५ र पालिकाबाट ५९ गरी दुई हजार चार सय ४६ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

एकल उम्मेदवारी दिएको जनमत पार्टीका रामशङ्कर महासेठले प्रदेशसभाबाट १४ र पालिकाबाट चार गरी आठ सय १ मतभार प्राप्त गरेको आयोगले जनाएको छ ।

जनकपुर स्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा भएको मतदानमा १०७ प्रदेश सांसदमध्ये १०६ सांसद र १३६ पालिकाका २६७ प्रमुख÷उपप्रमुखले मतदान गरेको निर्वाचन अधिकृत गुरुङकले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds