बिश्रामपुर गाउँपालिकाले गर्‍यो सतर्क रहन आग्रह

साझेदारी दैनिक
235 पाठक संख्या

कलैया : वीरगंज महानगरपालिका लगायत पर्सा जिल्लामा हाल भयावह रुपमा फैलीरहेको हैजा रोगको संक्रमण फैलिन नदिन सचेतता अपनाउन बिश्रामपुर गाउँपालिकाले गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले एक सूचना मार्फत यस्तो आग्रह गरेका हुन्। सूचनामा वीरगञ्ज महानगरपालिकासंग सीमा जोडिएको विश्रामपुर गाउँपालिका अन्तर्गत समेत उक्त रोग फैलिन सकिने जोखिम उच्च रहेको जनाइएको छ।

विश्रामपुर गाउँपालिका बासीहरुलाई अत्यन्त सावधानी पुर्वक वस्न सूचित गरिएको छ। यस गाउँपालिका अन्तर्गत रहेको सबै बजार क्षेत्रहरुमा चटपटे, पानीपुरी, चाट, माछा जस्ता खाध पदार्थ विक्रि वितरण प्रतिबन्ध गरिएको छ। होटेलहरुमा खाध पर्दाथ सफा र सुरक्षित रुपमा भण्डारण गरि वेच बिखन गर्नुपर्ने आग्रह सूचनामा गरिएको छ।

दिसा, पिसाव, गर्दा चर्पीको प्रयोग गर्नुपर्ने छ। दिसा, पिसाव जथाभावी गर्न पाइने छैन। खाना खानु भन्दा अगाडी र चर्पी प्रयोग गरिसकेपछि साबुन पानीले हात मिची मिची धुनु पर्ने छ।

सफा पानि (सकेसम्म उमालेको र सफा खानाको मात्र प्रयोग गर्नुपर्ने छ। सडे गलेका र वासी खानेकुरा खानु हुदैन केशरीले सूचनामा भनेका छन्।

Leave a review