Sajhedari Daily
Latest News from Nepal

लागु औषध सहित वीरगञ्जबाट दुई युवक पक्राउ

पर्सा प्रहरीले लागुऔषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध सहित काठमाण्डौ तारकेश्वर नगरपालिका–८ मनमैँजु बस्ने रविन्द्र खत्री र मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ बस्ने राकेश गुरुङलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले चेकजाँच गर्नेक्रममा दुबैजनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लागु औषध डाईजेपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फेनार्गन १०० एम्पुल गरी ३०० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिप्रका पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Comments are closed.

error: Content is protected !!