कलैया सिटी जेसिजको लोम अफिसर ट्रेनिङ सम्पन्न भएको छ ।
बाराको सदरमुकाम कलैयामा रहेको दास गेष्ट हाउसको सभा हलमा कलैया सिटी जेसिजको वर्ष २०२४ का पदाधिकारी तथा सदस्यहरुको लोम अफिसर ट्रेनिङ शनिबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।
कलैया सिटी जेसिज –२०२४ का अध्यक्ष पवन कुमार कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख प्रशिक्षक मातृ शाखा वीरगञ्ज जेसिजका पुर्व अध्यक्ष जेसीआई सिनेटर रंजन राउतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक सिनेटर राउतले बोर्डका पदाधिकारीहरु आ–आफ्नो काम,कर्तव्य तथा अधिकारको बारेमा प्रशिक्षण दिएका थिए ।लोम अफिसर ट्रेनिङ एकदम फलदायी रहेको कानूनी सल्लाहकार जेसी आदिल अंसारीले बताएका छन् ।
उक्त कार्यक्रममा बोर्डका पदाधिकारीका उपाध्यक्ष जेसी गणेश शर्मा,सी.ए.प्रदीप कुशवाहा,जेसी अकाश गुप्ता,शेषनाथ पासवान,सुरज गिरी,मनिष चौरसिया र महासचिव राजकुमार गिरी,कानूनी सल्लाहकार जेसी आदिल अंसारी,कोषाध्यक्ष जेसी ओमप्रकाश सर्राफ,अध्यक्षका प्रमुख सल्लाहकार जेसी शम्भु गुप्ता,बोर्डका सल्लाहकार तथा कलैया उपमहानगरपालिका वार्ड नंः२ का वडा अध्यक्ष जेसी राजेश महतो,बीरगंज जेसिजका महासचिव जेसी तपेन्द्र चौधरी र कलैया सिटी जेसिजका सदस्यहरु लगायतको सहभागिता रहेको थियो
।


