महाधिवेशन तयारीको लागि जसपाको कार्यकारिणी बैठक बस्दै

साझेदारी दैनिक
369 पाठक संख्या

जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार विहान आहवान् गरिएको छ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको बैठक बस्दैछ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो ।

आगामी जेष्ठ २८, २९ र ३० गतेलाई आह्वान गरिएको जसपाको राष्ट्रिय महाधिवेशन तयारीको लागि कार्यकारिणी बैठक बोलाइएको सो दलले जनाएको हो ।

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरुको मस्यौदा तयार गर्न, मस्यौदा समिति गठन गर्न, महाधिवेशनको व्यवस्थापन तयारी समिति बनाउने लगायतको विषयमा छलफल गरिने छ । यसका साथै बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत पुष २७ गते सम्पन्न केन्द्रीय समितिको बैठकले जनकपुरमा जसपाको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
तस्वीरः जसपाको केन्द्रिय कार्यालय

Leave a review

This will close in 0 seconds