धार्मिक सामाजिक सद्भाव बिग्रन नदिन कलैयामा र्‍याली

साझेदारी दैनिक
423 पाठक संख्या

बारामा धार्मिक सामाजिक सद्भाव बिग्रन नदिन बुधबार विहान बाराको कलैयामा र्‍याली निकालिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा कलैयामा धार्मिक संघसंस्थाको सहयोगमा सद्भाव र्‍याली निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराको परिसरबाट निस्किएको सद्भाव र्‍यालीले कलैया बजार क्षेत्र परिक्रमा गरेको हो । सदभाव र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि,धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि,सुरक्षाकर्मी,कर्मचारी,शिक्षक,खेलाडीसहितका सहभागिता थियो ।यसको साथै यही मंगलबार स्थानीय प्रशासन र बारामा क्रियाशिल राजनीतिक दलबीच आपसी सामाजिक सद्भाव कायम बनाइ राख्न सहमति भएको थियो ।

छलफलमा सामाजिक एवम् धार्मिक सद्भाव विथोल्ने गतिविधि तथा क्रियाकलाप सामाजिक सञ्जालमा पोष्ट गर्ने,सेयर गर्ने,व्यक्तिहरुलाई उकास्ने जस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको थियो ।

रौतहटको इशनाथ नगरपालिकामा यहि फागुन ३ गते सरस्वती माताको मूर्ती सेलाउने जाने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपको विषयलाई लिएर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले धार्मिक संघसस्ंथाको सहकार्यमा सद्भाव र्‍याली निकालेको हो ।

जीतपुरमा पनि बुधबार बिहान धार्मिक सामाजिक सद्भाव र्‍याली निकालिएको छ । जीतपुरमा निकालिएको र्‍यालीले बजार परिक्रमा गरेको छ । उसले सामाजिक धार्मिक सहिष्णुता कायम राख्न सन्देश दिएको थियो ।

Leave a review

This will close in 0 seconds