जीतपुरहुदै पथलैयासम्म जोड्ने सडक कालोपत्रे निर्माण हुदै

साझेदारी दैनिक
साझेदारी दैनिक 372 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब /
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरबाट सुरु भई वडा नम्बर ६ नगौल ,वडा नं.३ बजनी र वडा नंं.२ सिमरा हुँदैँ पथलैयासम्म पुग्ने सडकमा कालोपत्रे हुनेभएको छ ।

प्रदेश सरकारको लगानीमा बाटोको निर्माण कार्य शुक्रवारबाट सुरु भएको छ । सड्क निर्माणको शिलान्यास प्रदेश सभासद सुन्दर बिश्वकर्माले गर्नुभएको छ । प्रदेशको ससर्त पहिलो चरणमा ५० लाखको लागतमा सड्क कालोपत्रे गर्ने कार्य सुरु भएको हो । पर्यटनहरुलाई लक्षित गरि निर्माण हुने यसबाटोलाई जीतपुरसिमरा उपमहानगरपालिककाको लिँक रोड पनि भनिएको छ ।

उक्त सडकलाई करिब १० करोडको लागतमा निर्माण गर्ने योजना राखिएको जीतपुर गाबिसका तत्कालिन अध्यक्ष देवनारायण चौधरीले जानकारी दिएका छन ।

निर्माण समितिका अध्यक्ष राकेशभक्त पौडेलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देबी चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा नंं.६ का क्यामुदिन अंसारी ,वडा नं.३ का वडाअध्यक्ष जगन्नाथ घिमिरे ,वडा नं.२ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ, नेकपाका केन्द्रिय सदस्य दिनेस राई ,रेडियो अकाशबाणिका अध्यक्ष राजुराज गिरी, जीतपुरसिमरा सार्बजनिक सरोकार समितिका संयोजक मनोज पौडेल लगायतको सहभागिता रहेको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review