अनुचित लेनदेनमा एकाईस विगाहा भन्दा बढी जग्गा फिर्ता

साझेदारी दैनिक
256 पाठक संख्या

अनुचित लेनदेन (मिटर व्याज) मा पीडित व्यक्तिहरुलाई आपसी सहमतिमा ८३ कित्ताको २१ विगाहा १५ कठ्ठा १६ धुर जग्गा फिर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

अनुचित लेनदेन ( मिटर ब्याज ) सम्बन्धी समस्या समाधान गर्ने प्रयोजनार्थ २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी दर्ता गरी सो सम्बन्धमा दुवै पक्षलाई उपस्थिति गराई सत्यतथ्य बुझि सहजिकरण गरी समस्या सुनुवाई भईरहेको उनले जनाएका हुन् ।

सोही क्रममा जिल्ला प्रशासन कार्यालय, बारा मार्फत तीन हजार तीन सय २२ उजूरी परेको थियो । २०८० वैशाख १७ गतेदेखि २०८० माघ अन्त्यसम्म६७५ वटा उजूरीमा मिलापत्र भएको हो ।

यस्तै फागुन ०१ गतेदेखि आइतबार सम्म १०४उजूरीमा मिलापत्र भएको जनाइएको हो ।उजुरीमा २३ करोड ९२ लाख ३१ हजार सात सय ८२ रुपैयाँ माग दावी गरिएको थियो ।

सहमति अनुसार १५ करोड १९ लाख ३७ हजार चार सय ११ रुपैयाँ फिर्ता भएको जनाइएको छ ।

Leave a review