सहिद रामवृक्ष यादवको २६ औं स्मृति दिवसका अवसरमा बृक्षारोपण

साझेदारी दैनिक
साझेदारी दैनिक 503 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
सहिद रामवृक्ष यादवको २६ औं स्मृति दिवसका अवसरमा बाराको कलैयामा बृक्षारोपण गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल बारा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाराको आयोजनामा मंगलवार बृक्षारोपण गरिएको हो । कलैया उपमहानगरपालिकास्थित सिदेश्वर मन्दिर परिसरमा एक सय वटा विरुवा बृक्षारोपण गरिएको युवा संघ वाराले जनाएको छ ।

नेकपा प्रदेश कमिटी सदस्य प्रभु यादवको प्रमुख आतिथ्यता भएको बृक्षारोपण कार्यक्रममा नेकपा बारा जिल्ला कमिटी सदस्य मुकेश साह, धुरी साह, रमेश साह, जितेन्द्र साह, मुस्लिम संगठन नेपालका चिवालय सदस्य राज महम्मद, कलैया उपमहानगरपालिका वडा नं.१३ का वडा अध्यक्ष राजन पटेल लगायतको उपस्थिति रहेको थियो ।

हरेक वर्ष यही दिन एक वीर क्रान्तिकारी योद्धाका रुपमा सहित यादवलाई नेकपाले सम्झने गरेको छ । यादव वि.सं. २०५१ भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर फर्किंदै गर्दा भाद्र २ गते हत्या भएको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review