निजगढ नगरपालिका र देवताल गाउँपालिकाले थप्यो जाडो विदा

साझेदारी दैनिक
159 पाठक संख्या

कलैया : बाराको निजगढ नगरपालिका र देवताल गाउँपालिकाले जाडो विदा थप गरेको छ। अत्याधिक चिसो रहेकोले जाडो विदा थप गरिएको हो।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले एक सूचना जारी गरी जाडो विदा दिएकोबारे जानकारी दिएका हुन्। केही दिन देखि बढ्दै गएको अत्याधिक चिसोको कारण विद्यालयहरूमा नियमित पठनपाठन कार्यमा असहज हुन गई बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई दृष्टिगत गर्दै नगरपालिकाको क्षेत्रभित्र संचालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पुस ९ देखि ११ गते सम्म बिदा गरिएको थियो।

पुनः अत्याधिक चिसो बढेको कारण पुस १३ देखि १४ गतेसम्म वर्षे विदावाट मिलान हुने गरी थप बिदा गर्नु गराउनु हुने निर्णायनुसार सम्वन्धित सबैमा जानकारीका लागि अनुरोध गौतमले गरेका छन्।

त्यस्तै देवताल गाँउपालिकाको शिक्षा शाखाले अत्याधिक चिसो बढेको र शीतलहरको भईरहेको कारणले विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै गाँउपालिका क्षेत्र भित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा पुस १३ गते देखि १४ गते सम्म जाडो विदा र पुस १५ गते तमु लोसार पर्वको विदा गरिएको जनाइएको छ।

Leave a review

This will close in 0 seconds