८४ लाख ९८ हजार बराबरको सामान बरामद

संदिप प्रसाद यादव
470 पाठक संख्या

बारा प्रहरीले ८४ लाख ९८ हजार बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोक स्थितमा गाडिहरूलाई रोकी चेक जाँच क्रममा ट्रकबाट उक्त समान बरामद गरेको हो ।

वीरगंजबाट कैलाली तर्फ जादै गरेको ना. ६ ख १०५७ नं.को ट्रकमा लोड काजु,किसमीस,कपडा लगायत अन्य समानहरु अन्दाजी मुल्य रू. ८४ लाख ७६ हजार १० रुपैयाँ बराबरको विल भरपाई भन्दा बढी स्रोत खुलाउन नसकेको ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

सो ट्रकमा विल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य ८४ लाख ९८ हजार ९ सय ५० रूपैया बराबरको समान रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३–००१ख २५३९ नं.को यात्रु बाहक बसमा लोड ३ बोरा बेलुन,२ बोरा स्टिकर गरी जम्मा अन्दाजी मुल्य रू.२२ हजार ९ सय ४० रुपैयाँ बराबरको बिल भरपाई नभएको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

Leave a review