मधेस प्रदेशका तीन पालिकाको आएन बजेट

राम मण्डल
366 पाठक संख्या

मधेस प्रदेशको सर्लाही जिल्लाको दुई र रौतहट जिल्लाको एक गरी तीन पालिकाहरुले अझै बजेट ल्याएका छैनन् ।

प्रदेशमा रहेका १ सय ३६ स्थानीय तहहरु मध्ये चालु आर्थिक बर्ष २०८०÷८१ को बजेट यी पालिकाले प्रस्तुत नगरेका हुन् । रौतहटको फतुवा बिजयपुर नगरपालिकाले बजेट नल्याउन सकेको हो ।

सर्लाहीको हरिपुर्वा नगरपालिका र सर्लाहीकै चन्द्रनगर गाउँपालिकाले हालसम्म पनि चालु आवको बजेट ल्याउन सकेका छैनन ।देशभरि रहेका कुल ७ सय ५३ स्थानीय तहहरु मध्ये ७ सय ५० वटा स्थानीय तहले आ आफनो पालिकाको बजेट ल्याएका छन ।

चालु आर्थिक बर्ष शुरु भएको आठ महिनासम्म बितिसक्दा पनि मधेसका तीन पालिकाहरुले बजेट पेश गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह प्रबक्ता अश्विन कुमार पोखरेलले जानकारी दिए ।

गाउँपालिका नगरपालिका महासंघसित समन्वय गरेर सम्बन्धित पालिकासित सम्पर्क गरेर बारम्बार बजेट ल्याउन भनिरहेको उनले बताए ।समयमा नै बजेट नल्याउदा प्रदेश र संघ सरकारबाट पाएको अनुदान समेत ति पालिकाहरुले खर्च गर्न नपाउने ब्यवस्था रहेको छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने हुन्छ । यस्तै असार मसान्त सम्ममा पास गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

असार १० गतेभित्रमै बजेट ल्याउन नसके पनि कम्तीमा असार महिना सकिनुभन्दा अघि नै नगर÷गाउँ सभाबाट बजेट पास गरिसक्नुपर्ने ब्यवस्था छ ।नगर सभामा गत फागुन ३ गते बजेट पेश भएको रौतहट फतुवा बिजयपुर नगरपालिकाका सूचना अधिकारी हंसराज यादवले बताए ।

समयमा नै बजेट नल्याउदा आफुसहित नगरपालिकाका कर्मचारीले आठ महिनादेखखि तलब समेत खान नपाएको उनको भनाई छ ।

जनप्रतिनिधिहरु बिचको आपसी विवादका कारण बजेट आउने कुनै सुरसार समेत अहिलेसम्म नभएको सर्लाहीको चन्द्रनगर गाउँपालिकाका सूचना अधिकारी सञ्जय महतोले बताए ।

बजेट नआएकै कारणले तलब भत्ता समेत नखाएर कर्मचारीहरुले काम गर्नुपरेको उनको भनाई छ ।आफनो पालिकाले फागुन ७ गते बजेट पेश गरि पास गरेकोले अब कोलेनिकामा खाता खोलिने तयारी गरेको सर्लाहीकै हरिपुर्वा नगरपालिकाका मेयर बिनोदकुमार साह बताउँछन् ।

लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नै नआएका कारणले बजेट समेत ल्याउनमा ढिलाई भएको उनले बताए ।उनले खाता खुलेपछि पालिकाका कर्मचारीहरुले तलब समेत पाउने जानकारी दिए ।

Leave a review

This will close in 0 seconds