त्रिसठ्ठी लाख अडसठ्ठी हजार पाँच सय पचपन्न रुपैयाँ बराबरको सामान राजश्वमा बुझाइयो

साझेदारी दैनिक
298 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बाराले ६३ दाख ६८ हजार पाँच सय ५५ रुपैयाँ बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले जाँच गर्दा बिल भरपाई भन्दा बढी र सामानको स्रोत खुलाउन नसकेको सो सामानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको हो।

ईलाका प्रहरी कार्यालय जीतपुर बाराले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.७ जीतपुर चोकमा प्र.ना.नि. मोहनारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो।

वीरगंजबाट पथलैया तर्फ जादै गरेको म.प्र.०३–००२ ख ०३१४ नं. को मिनि ट्रकमा लोड गरेको ४२ लाख ९३ हजार आठ सय ७० रुपैयाँ बराबरको सेम्फु,जिलेट सरफ लगायत अन्य खुद्रा सामान प्रहरीले नियन्त्रणमा लिएको हो । बिल बिजक भन्दा बढी सो सामान रहेको प्रहरीको दावी रहेको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.२१ अमलेखगंज चोकमा प्रहरी बरिष्ट नायाब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले धनुषाबाट काठमाडौं तर्फ जादै गरेको बागमति प्रदेश –०१–००६ ख३७४१ नं.को ट्रकमा लोड गरेको अं.मुल्य रू.१४लाख ७९ हजार सात सय ५० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो।

केराउ ५० बोरा,रहरको दाल ५० बोरा भुटेको चना १० टन ५० प्रहरीले नियन्त्रणमा लिएको छ। कुनै किसिमको बिल नरहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी पथलैया बाराले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया चोक स्थितमा प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट बुटवलतर्फ जादै गरेको लु २ ख ६९०५नं.को यात्रु बाहक बसमा लोड गरेको अं.मुल्य रू. एक लाख ४४ हजार नौ सय ३० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ।

जसमा खुकुरी–५९ पिस,काजु–३५ पन र काँचको थाल–२ पोका नियन्त्रणमा लिएको हो। यस्को कुनै किसिमको बिल नरहेको प्रहरीले जनाएको छ।

जीतपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया चोक स्थितमा प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सर्लाही बाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.०२–०३–००१ च ३३६५ नं.को पिक अप गाडि लोड गरेको अं.मुल्य रू. चार लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

५६ कार्टुन टायरमा हाल्ने लिकियुड र १३४४ पिस रबर नियन्त्रणमा कुनै किसिमको बिल नरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोमबार प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।

Leave a review