बारामा रहेको युनिक फर्मास्टियुकल प्रालिले उत्पादन गरेको औषधि कम गुणस्तरको रहेको पाइएपछि बिक्री बितरणमा रोक लगाइएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको छातापिपरा स्थित रहेको युनिक फर्मास्टियुकले उत्पादन गरेको पारसिटामोल औषधिको नमुना बजार अनुगमनको क्रममा संकलन गरि राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा उक्त औषधि न्यून गुणस्तर भएको पाइएको हो ।
गुणस्तरहिन औषधी पाईएपछि बिक्री बितरणमा रोक लगाउनुका साथै बजारमा भएको औषधि फिर्ता गर्न औषधि ब्यावस्था बिभागले सुचना जारी गरेको छ ।
प्रालिले जुलाई २०२३ को मितीमा उत्पादन गरि जुन २०२५ मा म्याद सकिने मिती रहेको युनिमोल टयाब्लेट पारासिटामोल ५०० एमजी ब्याच नम्बर बीडीटी २३६९ भएको औषधि न्युन गुणस्तरको भएको ल्याब परिक्षणको क्रममा पाइएको ओषधि ब्यावस्था बिभागले जनाएको छ ।
सोही कारण उक्त औषधि बिक्री बिरतणमा रोक लगाईएको तथा कसैले पनि त्यो औषधि सिफारिस नगर्नको लागि बिभागले आग्रह समेत गरेको छ ।
बिभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विक्रि वितरण रोका गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन समेत दिएको छ।


