अनुगमन टोलीद्धारा वीरगञ्जको पूजा उद्योगमा शिल

राम मण्डल
राम मण्डल 90 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज महानगर वडा नम्बर ६ मा रहेको पूजा सामग्री प्रोडक्ट उद्योगमा अनुगमन टोलीले बिहीबार शिलबन्दी गरेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीको संयोजकत्वमा गएको अनुगमन टोलीले सो उद्योगमा शिलबन्दी गरेको हो ।

उद्योगबाट विभिन्न अखाद्य सामाग्रीहरु अनुगमन टोलीले फेला पारेको थियो । उक्त सामाग्रीहरुलाई उद्योग भवनमै राखी शिलबन्दी गरिएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए ।

अनुगमनको क्रममा उद्योगबाट स्वस्तिक ब्राण्डका डाल्डा, पूजा र गोदावरी उल्लेख रहेको खाली बटाहरु,प्याक गरिएको ४५ एमएलको ३२ वटा डब्बा,तयारी घिउ १३ केजीको पाँच डब्बा,अमृत डाल्डा १५ केजीको १२ डब्बा लगायतका सामानहरु बरामद गरिएको टोलीले जानकारी दिएको छ ।

यसअघि पनि पर्सा जिल्लामा रहेको विभिन्न उद्योगहरुमा कम गुणस्तरको उत्पादन गरेको भन्दै शिलबन्दी भएका थिए । अनुगमनका क्रममा उद्योगहरुलाई कारवाही गरिएको छ ।

गुणस्तरहिन बस्तुको उत्पादन र विक्री वितरण गरे बापत गरिने कारवाही र दण्ड जरीवाना फितलो हुदा पटक पटक उद्योगहरुले गुणस्तरहिन बस्तु उत्पादन गर्न छाडेका छैनन ।

 

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review