पर्सा प्रहरीले नजिकएको होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति जारी गरी होलीलाई सभ्य र मर्यादित तरिकाले मनाउन आग्रह गरेको हो ।
होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न, अपरिचित मानिसहरूको समुहमा होली नखेल्न जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।
महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजान अपरिचित मानिसले दिएको कुनै पनि खानेकुरा नखान, ट्राफिक नियमको पुर्ण पालना गरि आफु र अरूलाई पनि बचाउन पर्सा प्रहरीको अनुरोध छ ।
कसैको ईच्छा विपरीत रंग, लोला, मोसो, केमिकल र फोहोर पानी नलगाउन,मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन,अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकहरूलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगर्न अनुरोध गरिएको छ ।
रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, ध्वनी प्रदुषण हुने गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी चर्को आवाजमा
डिजेको प्रयोग नगर्न पनि आग्रह गरेको छ ।
प्रहरीले भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट जस्ता घटना बढी हुने हुँदा सावधान रहन,कुनै पनि अपराधिक गतिबिधी हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हटलाईन नं. १०० वा नजिकको प्रहरी कार्यालयहरूमा फोन गर्न पनि पर्सा प्रहरीको अनुरोध छ ।

