जीतपुरसिमरामा थप ३० जना कोरोना भाईरस संक्रमन पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 393 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकामा आज थप ३० जना कोरोना भाईरस संक्रमन थपिएका छ । संक्रमण देखिनेमा १२ जना महिला र १८ जना पुरुष रहेका छन् ।

जसमा उपमहानगरपालिकाको वडा नं.१ का ४० ,५२ बर्षका पुरुष र २३ बर्षका एक महिला गरी तीन जनामा,वडा नं.२ का ५९ र ३३ बर्षका पुरुष गरी दुई जनामा ,वडा नं.३ का एक जना ४० बर्षिय महिलामा ,वडा नं.४ का ३२,८० बर्षका पुरुष र ५०,२३ ,२२,५२ बर्षिय महिला गरी ६ जनामा ,वडा नं.७ का ३९ बर्षिय पुरुषमा , वडा नं.१५ का २२ ,३ र ७ बर्षिय तीन जना महिलामा ,वडा नं.१२ का २४,२१ बर्षिय महिला र ४,४८ बर्षिय पुरुष गरी चार जनामा ,वडा नं.२० का ४० बर्षिय महिला ,२३,१९,१७ बर्षिय पुरुष गरी चार जनामा ,वडा नं.२३ का  २७ बर्षिय एक जना पुरुष, जिल्ला प्रहरी कार्यालय बारा ,कलैयाका २८ ,५९ ,१७,१९र १९ बर्षिय पुरुष पाँच थुनुवामा गरी ३० जनामा कोरोना भाईरस संक्रमण देखापरेको  जीतपुरसिमरा उपमहानगरपलिकाको कोरोना फोकल पर्सन जितन ठाकुरले जानकारी दिनुभयो ।

भाद्र २ गते १ सय ८९ जनाको स्बाब संकलन गरी काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशालामा पठाईएको थियो । योसँगै जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना भाईरस संक्रमितको सङख्या १ सय २६ जना पुगेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review