पर्साको पटेर्वासुगौलीमा किशोरीको डुबेर मृत्यु

साझेदारी दैनिक
663 पाठक संख्या

पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक किशोरीको पोखरीमा डुबेर ज्यान गएको छ ।

गाउँपालिकाको वडा नम्बर १ निवासी राजेश बैठाकी १२ बर्षिय छोरी अन्तिमा कुमारी बैठाको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेवा सुगौलीले जानाएको छ ।

प्रहरीका जानकारी अनुसार मृतक किशोरी बिहान बाख्रा चराउन गएकी थिईन । सोही क्रममा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको नागेन्द्र चौधरीको पोखरीमा लडेर खस्दा किशोरीको डुबेर मृत्यु भएको हुन सकने आशंका प्रहरीको छ ।

घटनास्थल पुगेका प्रहरीको टोलीले शवको मुचुल्का उठाई शव परिक्षणको लागी नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review

This will close in 0 seconds