बिहेकै दिन बेहुलाको घर र नवविवाहित बेहुलीको घर आगलागीले खरानी,चौवन्न लाखको क्षति  

राम मण्डल
राम मण्डल 183 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

गर्मी,हावाहुरीको मौसम शुरु भएसँगै पर्सासहित आगलागीका घटना बढदै गएको छ ।

पर्सा बारासहित देशैभरि दैनिक दर्जन भन्दा बढी आगलागीका घटना भईरहेको छ ।हालै पर्साको छिपहरमाई गाउँपालिका,जरगनाथपुर तथा बहुदरमाई नगरपालिकामा भएको आगलागीमा घर र किसानहरुको बालीमा ठुलो क्षति पुगेको छ ।

मँगलबार बिहानै वीरगञ्ज महानगरपालिका १७ अलौमा भएको आगलागीमा बिहेकै दिन एक जना दुल्हा तथा बिहे गरेर आएकी नवविवाहित दुल्हीको घर आगलागीले खरानी भएको छ ।

अलौ टोल निवासी मैना सहनीको छोराको बिहेको जन्ती मँगलबार नै लिएर जाने तय भएको थियो । एकाबिहानै भएको आगलागीले परिवारलाई घरबारबिहीन बनाई दिएको पीडित मैना देबीले बताईन ।

अलौमा भएको आगलागीले तीन दिन अघि मात्रै बिहे गरेर आएकी नवविवाहित दुल्हीको पनि घर जलेको छ । भाईको बिहे गरेर दुलही शनिबार घरमा ल्याएकोमा घर परिवार खुशी रहेकोमा आगलागीले घर नै जलाएको जेठान तुफान सहनीले बताए ।

बेहुली भित्राएको खुशी भने पीडामा परिणत भएको जेठाजु सहनीले दुखेसो पोखे । अलौ टोलमा मँगलबार बिहान भएको आगलागीमा सात जनाको घर जलेर नष्ट भएको छ ।आगलागीमा विभिन्न सरसामान गरी ५३ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्ज– १७ अलौ टोलका महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भइ अचानक आगलागी भएको थियो । आगो सल्किएर नजिकैको मैना सहनी,वीरेन्द्र सहनी,फुलदेव सहनी,अभय सहनी, अदालत साहको घर पनि पूर्णरूपले जलेर खरानी भएको छ ।

आगलागीले सातै जनाको घरसहित घरमा रहेको अन्नपात, लत्ताकपडा,सरसामान,सुन चाँदी लगायत गरी ५३ लाख ९० हजारको क्षति भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

आगलागीलाई वारुणयन्त्र,प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रणमा लिइएको उनले बताए ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review