अन्ठानब्बे लाख त्रियानब्बे हजार पाँच सय एकतीस रुपैयाँ बराबरको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
755 पाठक संख्या

बारा प्रहरीले ९८ लाख ९३ हजार पाँच सय ३१ रुपैयाँ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले बिल भरपाई नभएको तथा सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

सो ट्रकबाट बरामद भएको सामानको श्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ स्थितमा वीरगंजबाट बाँके तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २४३८ नम्बरको ट्रकलाई रोकी जाँच गरेको हो । सोही क्रममा सामान सहित नियन्त्रणमा लिएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलिले बिश्रामपुर गाउँपालिका वडा नम्बर १ स्थितमा भारतबाट नेपालतर्फ भन्सार छली गरी मोटरसाइकलमा ल्याउदै गरेको अवैध कपड़ा बरामद गरेको छ ।

सो कुर्ता सुरुवाल,सुति साडि,मखमलको ब्राउज, साडी अन्दाजी . ३५ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

उक्त सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया,बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds