आगलागी पीडितलाई राहत तथा आर्थिक सहयोग गर्न नेपाल मुस्लिम संघको आग्रह

साझेदारी दैनिक
624 पाठक संख्या

नेपाल मुस्लिम संघको प्रदेश तथा जिल्ला समितिले आगलागी पीडितलाइ राहत तथा आर्थिक सहयोग गर्न नेपाल सरकारसंग माग गरेको छ ।

संघका महासचिव प्रवेज आलम अन्सारी र अध्यक्ष अताबुल अन्सारीले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी राहत,आर्थिक सहयोग गर्न तथा उद्धार गर्न संघले अपिल गरेको हो ।केही समय देखि नेपालको तराई मधेश तथा देशको अन्य भू–भागमा आगलागीको घटना भइरहेको विज्ञप्तिमा लेखिएको छ ।

आगलागीबाट जन धनको क्षति भइरहेको सो विज्ञप्तिमा लेखिएको छ । संघका केन्द्र,प्रदेश तथा जिल्ला एवम् साधारण सदस्यलाई समन्वय गरी मानवीय कार्यमा जुटन विज्ञप्तिमा आग्रह गरिएको छ ।

Leave a review

This will close in 0 seconds