बारा प्रहरीले एक लाख ५७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यस बारे जानकारी दिएको हो ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले खजुर ८४ किलो,चकलेट एक कार्टुन,चिनी तीन सय २० किलो र प्याज दुई सय ७० किलो बरामद गरेको छ । उसले ३७ हजार बराबरको सामान बरामद गरेको हो । वीरगञ्जबाट काठमाण्डौ गइरहेको ना ५ख २४६८ नम्बरको बसबाट सो सामान बरामद गरेको हो ।
यसैगरी प्रहरी चौकी पथलैयाले एक यात्रुवाहक बसबाट बिल भरपाई नभएको पाँच बोरा प्याज र दुई बोरा गंजी बरामद गरेको छ ।
सो सामाग्री एक लाख २० हजार तीन सय साठी रुपैयाँ बराबर रहेको जनाइएको छ । पथलैया चोकमा गाइघाटबाट काठमाण्डौं गइरहेको बा प्र ०३–००१ ख् १६८२ नम्बरको बसबाट सो सामान प्रहरीले बरामद गरेको हो ।

