नौ सय ७५ लिटर अबैध घरेलु मदिरा पर्सा प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ नगवा चोकस्थित सडकखण्डबाट हेटौडाबाट वीरगञ्ज बसपार्कतर्फ आएका सार्वजनिक सवारी साधनहरूबाट उक्त मदिरा बरामद गरिएको हो ।
बरामद गरिएको अवैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालयको खाली जग्गामा नष्ट गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

