क्रेनले किचेर वीरगञ्जका पासवानको मृत्यु

साझेदारी दैनिक
232 पाठक संख्या

साझेदारी संवाददाता/

मकवानपुरको हेटौंडामा क्रेनले किचेर पर्साको वीरगञ्ज महानगरपालिकाका एक युवकको मँगलबार मृत्यु भएको छ ।

क्रेले किचेर वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोल बसने २८ बर्षिय श्यामबाबु पासवानको मृत्यु भएको हो ।

हेटौडा उपमहानगरपालिक–१० कर्रा चोक नजिकै दिउँसो प्रदेश २–०३००१ क २०२४ नम्वरको क्रेनले किचेर पासवान गम्भिर घाईते भएका थिए ।

उनको उपचारको हेटौडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मि भण्डारीले जानकारी दिए ।

मृतक पासवानको शब पोष्टमार्टमको लागि अस्पतालमा राखिएको तथा चालक र क्रेनलाई नियन्त्रणमा लिई घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको भण्डारीले बताए ।

Leave a review