जीतपुरसिमराका एक सय ६८ जनाको स्वाव संकलन

साझेदारी दैनिक
साझेदारी दैनिक 432 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा विहिवार एक सय ६८ जनाको स्वाब संकलन गरिएको छ । सिमरा स्थित कोरोना बिशेष अस्थाई अस्पताल सिमरामा स्वाब संकलन गरिएको हो ।

जसमध्ये एक सय ५१ जना कन्ट्याक्ट ट्रेसिङगका र १७ जना फलोअपका कोरोना संक्रमित रहेको कोरोना अस्थाई अस्पताल सिमराका डा.दिपक गिरीले जानकारी दिएका छन ।

संकलन भएका स्वाबहरु विहिवार नै काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशालामा पठाउँने तयारी भईरहेको डा.गिरीले बताए ।यसैगरी गत भदौ ७ गते सङकलन गरिएको ६६ जनाको स्वाबको नतिजा अझै आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएकोे छ ।

समाचार शेयर गर्नुहोस
Leave a review