सुवर्ण गाउँपालिकाले रकम उपमहानगरलाई रकम हस्तान्तरण

साझेदारी दैनिक
512 पाठक संख्या

सुवर्ण गाउँपालिकाले कलैया उपमहानगरपालिकालाई सहयोग रकम हस्तान्तरण गरेको छ ।कोरोना भाइरसको महामारी बारा जिल्लाको पनि समुदाय स्तरमा फैलिसकेको हुनाले धेरै भन्दा धेरै व्यक्तिहरुको पीसीआर परीक्षण गर्नको लागि जिल्ला कोभिड व्यवस्थापन समितिको निणर्य अनुसार बसेको बाराका १६ ओटै स्थानिय तहहरु मिलेर पिसिआर टेष्ट मेशिन खरिद गर्ने निर्णय अनुसार उक्त सहयोग हस्तान्तरण गरिएको हो।

पिसिआर टेष्ट मेशिन खरिद गर्नका लागि तथा ल्याब स्थापना गरि सञ्चालन गर्न बारा जिल्लाको स्थानीय तहहरुका प्रमुखज्यूहरुको निर्णयानुसार आईतवार सुवर्ण गाउँपालिकाका लेखा अधिकृत प्रिन्स साहले कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव लाई रु पाँच लाख ६० हजारको चेक हस्तान्तरण गरेका छन ।

Leave a review

This will close in 0 seconds