सेजको जग्गाबाट माटो चोरी गरेको जेसिबी र ट्याक्टर नियन्त्रणमा

रञ्जन यादव
रञ्जन यादव 191 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बिशेष आर्थिक क्षेत्र (सेज) सिमराको जग्गाबाट अबैध रुपमा माटो चोरी रहेको समयमा प्रहरीले एउटा ट्याक्टर र जेसिबीलाई नियन्त्रणमा लिएको छ ।

वडा नम्बर १४ बेहरी दुधौरा खोलाको किनारमा रहेको सेजको जग्गाबाट माटो निकालि रहेको समयमा प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

शनिबार राती नियन्त्रणमा लिएको जेसिबी र ट्याक्टर नेकपा एमालेको भातृसङठन राष्ट्रिय युवा संघ नेपाल जीतपुरसिमराका उपाध्यक्ष नारायण जमकटेलको रहेको सेजका ईन्जिनयर पप्पु गिरीले जानकारी दिए ।

बिशेष आर्थिक क्षेत्रको जग्गामा पटकपटक गरेर करिब ५०लाख भन्दा बढीको नदिजन्य पदार्थ चोरी भयको आशंका गरिएको छ । सेजले साधनहरु नियन्त्रणमा लियर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जमकटेलले बालुवा प्रसोधन उधोग मापदण्ड बिपरित जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ बेहरी दुधौरा खोलाको किनारमा सञ्चालन गरिरहेका छन् ।

उक्त बालुवा प्रशोधन उद्योग मुख्यत उपमहानगरको राजश्व छल्ने र गैरकानुनी रुपमा नदिजन्य पदार्थ बालुवा,ढुङ्गा ग्राभेल ,माटो चोर्न सहज हुने नियतले खोलेको स्थानीय बताउँछन् ।

वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरुङ्गले बारम्बार गैह« कानुनी रुपमा सञ्चालित नदि किनारको बालुवा प्रशोधन उद्योग भत्काएपनि अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् ।

सेजको जग्गा यसरी गैरकानुनी रुपले काटिदा बिगतमा पक्की पर्खाल समेत ढलेर राज्यको करोडौं नोक्सानी बेहोर्नु परेको छ।

सेजका ईन्जिनीयर गिरीले सवारी सधान नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको बताएका छन् । नियन्त्रणमा लिएका गाडिलाई छुटाउँन बिभिन्न राजनीतिक शक्ति लागि परेको बुझिएको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review