बाराको जीतुरसिमरा औद्योगिक करिडोरमा रहेका दुई वटा ठूला उद्योगहरुको लाइन काटिएको छ ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटेको नेपाल बिद्युत प्राधिकरण सिमरा बितरण केन्द्रले जनाएको छ ।
असार १० गते उद्योगलाई लेखिएको पत्रमा १५ दिन भित्र उद्येगहरुलाई बक्यौता तिर्न भनिएको थियो ।
जगदम्बा स्टील र हुलास स्टीललाई पत्र पठाएर बाकी रहेको बिद्युत महसुल तिर्नु भने पनि प्राधिकरणले दिएको समयमा बिधुत महसुल तिर्न नसके पछि जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटिएको नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुमेश रुपाखेतीले बताएका छन ।
जगदम्बा स्टीलले नेपाल बिद्युत प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख ४३ हजार १ सय २५ रुपैयाँ बिधुत महसुल तिर्न बाँकी रहेको छ ।
त्यस्तै हुलास स्टीलले १४ करोड १२ लाख ५ हजार ८ सय ६२ रुपैयाँ बिद्युत महसुल तिर्न बाँकी रहेको नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र सिमराले जनाएको छ ।

