रञ्जन यादब/
नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत बारा कोल्हबीका एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । आज बिहान करिब ५ बजे ःमृत्यु हुनेमा कोल्हबी नगरपालिका वडा नं.६ बस्ने बर्ष ६० का रामाध्यान चौधरी रहेको अस्पतालका प्रबक्ता डा.अतुलेस चौरसियाले जानकारी दिनुभयो ।
उनी भाद्र १० गते नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत रहनुभएको थियो । डाईबिटिज र श्वासप्रश्वासको समस्याले मृत्तक ग्रसित हुनुहुन्थयो । श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उहाँको उपचार भईरहेको थियो ।
यो सँगै बारामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङख्या १६ पुगेको छ । हिजो राती नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा बाराको भएको स्बाब परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।