प्रसौनी गाउपालिकाको १४ औं गाउँ सभा एवम् हिउँदे अधिवेशन सम्पन्न

संदिप प्रसाद यादव
934 पाठक संख्या

बाराको प्रसौनी गाउपालिकाको आर्थिक वर्ष २०८०÷८१ को दोस्रो तथा १४ औं गाउँ सभा अर्थात हिउँदे अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

बाराको प्रसौनी गाउँपालिकाको सभाहलमा एक कार्यक्रम बीच सो हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले पानसमा बत्ती बाली सभाको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जैसवालले हिउदे गाउँसभाका रुपमा रहेको गाउँ सभा सम्पन्न गराउन सबै गाउँ सभा सदस्यहरु एकजुट भएर लागेको उनले जनाए ।

यस अगाडी देखिदै आएको दल र जनप्रतिनिधिहरु बिच रहेका मत भिन्नता समाप्त भएको उनले दावी गरे । जनप्रतिनिधि बिच अत्यन्तै सुमधुर सम्बन्ध कायम भई पालिकाको सबै योजना सम्पन्न गराउन लागिपरेको उनले बताए ।

राष्ट्रिय एकता दिवसका दिन हुन लागेको यो सभाले महत्वपूर्ण संदेश दिने आफुले अपेक्षा राखेको उनले बताए ।

सबै मिलेर नमुना गाउँपालिका बनाउन सबै जनप्रतिनिधिको उद्देश्य रहेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष जैसवालले धेरै पालिकामा जनप्रतिनिधिहरु बिच सहमति नहुदा गाउँ तथा नगर सभा हुन कठिनाइ भएको सर्व बिदित रहेको जनाए । यसबेला सबैको चाहना अनुसार सबै मिलेर गाउँ सभा गरेर विकास गर्ने बाटोमा लागिपरेको उनले बताए ।

सो गाउँसभाको अध्यक्षता गाउँपालिकाका अध्यक्ष जैसवालको थियो ।

सो कार्यक्रममा प्रसौनी गाउँपलिका का गाउँ सभा सदस्य लालबाबु यादव,ईश्लाम मिया,वृजकिशोर कुशवाहा,याकुब अन्सारी,लालबाबु मुखिया,सुरेश कुमार साह र अनिता कुमारी साह लगायतकाले सम्बोधन गरेका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गरे । उनले सबैले आ – आफ्नो पार्टीको स्वार्थ भन्दा माथी उठेर गाउँपालिकाको बिकासका लागि सबै सभा सदस्यहरु नीति कार्यक्रम बनाउन लागिपरेको देखेर आफू अत्यन्तै खुशी भएको बताए ।

४५ करोड ४५ लाख ७५ हजार बजेट प्रस्तुति गरिएको चालू आर्थिक वर्षमा केही योजना हेरफेर गर्न सभा गरिएको सिंहले बताए ।

उक्त सभामा प्रसौनी गाउँपालिकाकि उपाध्यक्ष किरणदेवी साह,प्रमुख प्रशासकीय अधिकृत सिंह,वडा नम्बर १ का वार्ड अध्यक्ष लालबाबु मुखिया,२ का अध्यक्ष हृदय कुमार साह,३ का अध्यक्ष छोटेलाल साह,४ का अध्यक्ष याकुब अन्सारी,वडा नम्बर ५ का अध्यक्ष सन्तोष साह,६ का अध्यक्ष बृजकिशोर कुशवाहा,७ का अध्यक्ष ईश्लाम मिया मन्सूर,लेखा अधिकृत प्रेमबाबु प्रसाद,वडा सदस्य,गाउँ सभा सदस्य,सुनैना देवी कलवारिन,लालमनी देवी तत्मा,चिन्ता देवी,शिव जि कुमार कलवार,अनिता कुमारी साह,माला सहनी,सत्यनारायण पण्डित,सुनिता देवी यादव,गिर्जा देवी तत्वाईन,सन्दिप कुमार गुप्ता,राधिका देवी,नरेश महतो,सुभाषचन्द्र प्रसाद कानु,जानकी मलि डोमको सहभागिता थियो ।

सो कार्यक्रममा कर्मचारी,सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक जय बहादुर खड्का,ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी नायब निरीक्षक प्रेम सिंह कुवर र सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख सुरेश कुमार साहले गरेका थिए ।

Leave a review

This will close in 0 seconds