तेतरियामा चन्दा नदिँदा बिद्यार्थी परिक्षाबाट भए बञ्चित

साझेदारी दैनिक
348 पाठक संख्या

सामुदायिक बिद्यालयमा माध्यमिक तहको शिक्षा निशुल्क भनिए पनि करैयामाई गाउँपालिकाको एक बिद्यालयले चन्दा नदिएको भन्दै बिद्यार्थीलाई परिक्षाबाट बञ्चित गराएको छ ।

करैयामाई गाउँपालिका वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय तेतरीयाले बिद्यार्थीलाई परिक्षाबाट बञ्चित गराउँने कार्य गरेको हो ।

उक्त बिद्यालयमा कक्षा ६ मा अध्ययनरत बिद्यार्थी अमन सहनीले रु १ सय रुपैया परिक्षा शुल्क बापत नदिएको भन्दै बिद्यालयका प्रधानध्यापक महेन्द्र रामले बिद्यार्थीलाई परिक्षाबाट बञ्चित गराएको अभिभावक महेन्द्र सहनीले गुनासो गरेका छन् ।

उनले यसका बिरुद्ध करैयामाई गाउँपालिका र शिक्षा समन्वय ईकाई कलैयामा निबेदन दिएका छन् । तर अहिलेसम्म पनि कसैले पनि बिद्यालय तथा प्र.अ.लाई कारवाही नगरेको भन्दै अभिभावक सहनीले दुखेसो ब्यक्त गरे । परिक्षा शुल्क बापत रु १ सय लिने तर बिल दिने बेलामा चन्दा सहयोग शुल्क देखाउँनु गलत भएको उनले तर्क छ ।

नेपालमा विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क छ । नेपालको संविधानले नै माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क हुनुपर्ने भनेको छ । त्यही अनुसार बनेको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन, २०७५’ ले समेत कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेको छ ।

तर विद्यालय शिक्षाका लागि नै विभिन्न बाहनामा शुल्क तिर्न विद्यार्थी र अभिभावक बाध्य छन् । यसरी लिने सहयोगलाई विद्यालयहरूले चलाखीपूर्ण तरिकाले शुल्क नभनेर चन्दा तथा सहयोग भनेका छन् । जबकी कानुनले विद्यार्थीलाई विद्यालयमा पढाएवापत कुनै पनि बाहनामा पैसा नलिन भनेको छ । यधपी यो विषयमा प्रअ रामसंग सम्र्पक गर्ने प्रयास गरेपनि सम्र्पक हुन सकेन ।

Leave a review