जन अभियानमा होमिने जसपा नेपाल केन्द्रीय समिति बैठकले गर्‍यो निर्णय

साझेदारी दैनिक
441 पाठक संख्या

जनता समाजवादी पार्टी नेपालले जन अभियानमा होमिने निर्णय गरेको छ । ललितपुरमा भएको केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको जसपा नेपालले जनाएको छ ।

उसले सदन र सडकमा बलियो दख्खल राख्दै संगठन निर्माणका लागि जन अभियानमा होमिने निर्णय गरेको हो । जसपा नेपालको पाँच लाख क्रियाशील सदस्य पु¥याउने लक्ष्य उसले निर्धारण गरेको छ । केन्द्रीय सदस्य बैठकले पार्टीको लक्ष्य र कार्य दिशा समेत निर्धारण गरेको छ ।

आगामी २०८४ को निर्वाचन सम्म सम्पूर्ण पार्टी पंक्ति नेतृत्वलाई संगठन निर्माणमा होमिन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिएका छन् ।

आगामी निर्वाचनमा जसपा नेपाललाई बलियो शक्तिको रुपमा स्थापित गर्ने गरी ग्रास रुटका जनतामा होमिन अध्यक्षले आह्वान गरेका छन् ।पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक,सांगठनिक एवं जन अभियानको प्रतिवेदन राय सुझाव सहित सो बैठकले सर्वसम्मतले पारित गरेको छ ।

बैठकले भूगोल,क्षेत्र,योग्यता,क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानको लागि केन्द्रीय सदस्यहरुको कार्य विभाजन समेत गरेको छ ।

यही भाद्र ९ गते काठमाडौंमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्ने पार्टीको कार्यक्रम रहेको छ । प्रथम चरणमा यो जनअभियान चार महिनाको लागि मंसिर मसान्त सम्मको लागि तोकिएको छ ।

साउन २७ गतेदेखि जारी चार दिवसीय केन्द्रीय समिति बैठक बुधबार समापन भएको हो ।

Leave a review