नेपाली काग्रेसले नाराबाजी गर्दै देवताल गाउँपालिका कार्यालय घेराउँ गर्न खोज्दा स्थानीयले गरे प्रतिकार

साझेदारी दैनिक
साझेदारी दैनिक 599 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
कोरोनाको समयमा नेपाली काग्रेसले नाराबाजी गर्दै देवताल गाउँपालिका कार्यालय घेराउँ गर्न खोज्दा स्थानीयहरुले प्रतिकार गरेका छन् । भष्ट्रचारका बिभिन्न किसिमका नारा लगाउँदैँ देवताल गाउँपालिका स्तरीय नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरु गाउँपालिको कार्यालय घेराउँ गर्न पुगेका थिए ।

कोरोनाको समयमा नेपाली काग्रेसले राजनिती गर्न खोजेको र गाउँपालिका माथि झुठा तथा निराधार भष्ट्रचारको आरोप लगाएको भन्दै स्थानीयहरु त्यसको बिरोधमा ओरलेका छन् । दुबै पक्षबिच झड्प हुने अवस्था सिर्जना भईरहँदा समयमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आई स्थित नियन्त्रणमा लिएको थियो ।

यता देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले गाउँपालिकाको कार्यालय वा आफुमाथि लगाईएको आरोपको कुनै तुक नभएको बताएका छन् । काग्रेसको यस्तो नाराबाजी र घेराउँ कार्यक्रमलाई सस्तो लोकप्रियताको संज्ञा दिएका छन् ।

यदी कुनै ब्यक्ति वा संस्था भष्ट्रचार गरेको छ ,भने त्यसलाई हेर्ने पनि निकाय छ । सम्बन्धित निकायले आएर छानबिन गरोस वा आफुले सम्बन्धित निकायलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review