सहकारीको बचत फिर्ता र सहकारी ठगलाई कारवाहीको माग

राम मण्डल
राम मण्डल 61 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नेपाल विद्यार्थी संघ पर्साले सहकारीको बचत फिर्ता र सहकारी ठगलाई कारवाहीको माँग गर्दै मंगलवार ज्ञापनपत्र बुझाएको छ ।

संघले विभिन्न माँगहरु राख्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन,सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारवाही गर्न माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै सहकारी ठगीमा संलग्न सहकारी संस्था,सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन संसदीय छानविन समिति गठन गर्न माग समेत गरिएको छ ।

विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एव संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागू गर्न नेविसंघले माग गरेको छ ।

विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न ज्ञापन पत्रमा माँग गरिएको छ । नेविसँघ पर्साका अध्यक्ष रमेश यादव नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review