विद्यार्थीको व्यक्तित्व विकासका लागि डुमरवानामा गुणीय चक्र सम्मेलन

रञ्जन यादव
257 पाठक संख्या

गुणीय चक्र (एस.क्यू.सी.) को नवौं सम्मेलन बाराको डुमरवाना स्थित प्रोग्रेस एजुकेसन एकेड्मीमा बिहीबार देखि सुरु भएको छ।

विद्यार्थीले चार महिना लगाएर गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने दुई दिने उक्त सम्मेलनमा ११ विद्यालयका १६० जना बिद्यार्थीको सहभागिता रहेको छ। उक्त सम्मेलनमा विद्यार्थीले समस्याको पहिचान,विश्लेषण,समाधान तथा उक्त विधिद्वारा आफ्नो व्यक्तित्व विकास गर्नेछन्।

विद्यार्थीको गुणीय चक्रबाट हुने फाइदाहरुका बारेमा प्रस्तुति गर्ने आयोजक बिद्यालय प्रोग्रेस एजुकेसन एकेड्मीका प्रबन्ध निर्देशक रञ्जित सापकोटाले जानकारी दिए।

सम्मेलनमा विद्यार्थीले कोलावोरेटिभ कोलाज,चित्रकला,कथा लेखन,क्वालिटि हाजिरी जवाफ,प्यानल डिस्कसन,समस्याको अध्ययन तथा समाधान लगायतका कार्यक्रममा सहभागिता जनाएको उनले बताए।

गुणीय चक्रमा सम्मिलित भई विद्यार्थीले आफुलाई सर्व गुण सम्पन्न व्यक्तिका रुपमा विकास गर्न सम्मेलन उपयोगी हुने आयोजकले बिश्वास लिएको छ । जनकपुर र हेटौँडाको एक,एक विद्यालय तथा जीतपुरसिमरा उपमहानगर क्षेत्रमा रहेका विभिन्न संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ।

गुणीय चक्रसम्बन्धी २ दिने कार्यशाला शुक्रबार सम्म सञ्चालन हुने आयोजक बिद्यालय प्रोग्रेस एजुकेसन एकेड्मीले जनाएको छ । कार्यक्रमको उद्घाटन मधेश विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. दीपक शाक्यले गरेका हुन्।

जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोलाप्रसाद अधिकारी,क्वेष्ट नेपालका अध्यक्ष सुरिना गुरुङ्ग,क्वेष्ट नेपालका एक्जुकेटिभ मेम्बर डा.सोनु कुमार,वडा नं.१५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने लगायत बिभिन्न कलेज,बिद्यालय तथा संघसंस्थाको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले सम्मेलनमा प्रतिभा प्रस्तुत गरिरहेका छन्। विद्यार्थीको गुणीय चक्रको अवधारणा सन् १९६२ देखि जापानको उद्योगमा बस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न लागु गरिएको गुणीय चक्रको अवधारणाबाट लिईएको हो।

विद्यार्थीको गुणीय चक्र विश्वका २५ भन्दा वढि देशहरुमा निकै लोकप्रिय भईरहेको छ ।

Leave a review

This will close in 0 seconds